• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट माया

    83
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अझ स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ च्याटबोट ‘माया’ (माया) औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    बैंकको आधिकारिक वेबसाइट www.machbank.com मा मायाको आइकन राखिएको छ, जहाँमार्फत ग्राहकहरूले आफ्ना बैंकिङ जिज्ञासा तथा प्रश्नहरू च्याटमार्फत सोध्न र तत्काल जानकारी प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तर्क्रियात्मक डिजिटल प्लेटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारी लिनका लागि शाखा कार्यालयमै पुग्नुपर्ने वा बैंकका कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो प्रविधि ल्याइएको बैंकले जनाएको छ ।

    प्रविधिको प्रभावकारी प्रयोगमार्फत ग्राहकहरूलाई अझ दक्ष र अनुकूल बैंकिङ अनुभव प्रदान गर्दै ‘स्मार्ट बैंक’ बन्ने बैंकको दीर्घकालीन सोचलाई यस सेवाले थप सहयोग पुर्याउने विश्वास लिइएको छ ।

    साथै, ग्राहकका जिज्ञासाहरूलाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘माया’ को क्षमता र कार्यसम्पादनलाई निरन्तर सुधार तथा परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ ।

    ग्राहकबाट प्राप्त हुने सुझाव र प्रयोगको अनुभवका आधारमा भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ