• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    152
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत ‘डीसीईओ’ पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। उनले २०८३ साउन २९ गते ‘१४ अगस्ट २०२६’ देखि बैंकमा पदभार ग्रहण गरेका छन्।

    बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

    बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणी तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बी–टेक उपाधि हासिल गरेका पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायत ट्रेड फाइनान्स र ट्रान्जेक्सन बैंकिङ क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ।

    त्यस्तै, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङलगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन्।

    नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ