• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपा सांसद आचार्यको तर्क : संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं

    339
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्‍लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘ मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्‍मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’

    उनले थपे, ‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसदलाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ । यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराएँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया