• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमालेसँगको सहमतिप्रति असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

    180
    SHARES



    काठमाडौं । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् ।

    विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ । यसबारे आफू निकट नेताहरुसँग आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालले छलफल गरेका थिए ।

    छलफलका क्रममा प्रचण्डले सहमतिका क्रममा कमजोरी हुन पुगेको स्वीकारेको ती स्रोत बताउँछन् । सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ