• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पुष्पलाल श्रेष्ठको योगदान आज पनि उत्तिकै प्रेरणादायी : माधव नेपाल

    338
    SHARES



    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए ।

    विज्ञप्तिमा भनिएको छ, “वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले प्रारम्भ गर्नुभएको संघर्षको यात्रा निरन्तर अघि बढिरहेको छ र यसले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।”

    नेता नेपालले पुष्पलाललाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक श्रेय दिँदै उनको व्यक्तित्व र संघर्षको चर्चा गरेका छन् । आफ्ना दाजु सहिद गङ्गालाल र १९९७ सालका अन्य सहिदहरूबाट प्रेरित भएर पुष्पलालले आफ्नो सम्पूर्ण जीवन जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि समर्पित गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निरङ्कुश र दमनकारी पञ्चायती शासनकालमा समेत आफ्नो राजनीतिक आस्था र सिद्धान्तमा अविचलित रहँदै उनले संघर्षलाई निरन्तरता दिएका छन्।

    पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको र मार्क्सवादी दृष्टिकोणका आधारमा वर्गीय संरचना तथा राजनीतिक अन्तर्विरोधको पहिचान गरेको कुरालाई नेता नेपालले स्मरण गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ