• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने

    547
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो।

    विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्। आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराए।

    उनले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन पक्ष व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको पनि बताएका थिए।

    ‘सबैले निर्णय गर्न ढिला गर्‍यौं भनेर भन्नुहुन्छ। त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो, आज हामीले निर्णय गरेका छौं २९ गते राष्ट्रिय भेला हुन्छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ