• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सहमतिबिनै आन्दोलन रोक्नु गृहमन्त्रीको दवाव, मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने

    378
    SHARES



    काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता विफल भएको छ । बुधबार साँझ भएको वार्तामा गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न दवाव दिए पनि सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् ।

    निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो । सरकारी वार्ता टोलीको नेतृत्व गरेका गृहमन्त्री गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । तर पीडितहरूले लिखित सहमति बिना आन्दोलन रोक्न अस्विकार गरे ।

    त्यसपछि वार्तामा कुनै सहमति हुन नसकेको जेनजी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् । वार्ता असफल भएकाले आन्दोलन जारी रहने घिमिरेले बताइन् ।

    पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो । साथै, अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीडितले बताए ।

    ‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं’, मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले भने, ‘हामी सचिवालयको बैठक गरी निर्णय गर्छौं । हाम्रो संघर्ष जारी छ ।’ लिखित सम्झौतामा हस्ताक्षर नभइ घर फर्कन नसकिने पीडितहरूको मत छ ।

    मिटरब्याज पीडितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाडौंको यात्रामा छन् । यसबीचमा गृहमन्त्री सुधन गुरुङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए । उनी आफैं सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो । यद्यपि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन ।

    हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गरिने मिटरब्याज पीडितहरूले बताएका छन् । गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने माग उनीहरूको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ