• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्टमा नेपाल–भारत रियल टाइम क्रस–बोर्डर रकम स्थानान्तरण सेवा सुरु

    1.1K
    SHARES



    काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्ट मार्फत नेपाल–भारत रियल टाइम क्रस–बोर्डर रकम स्थानान्तरण (क्रस बोर्डर ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ।

    बैंकका अनुसार यस सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज तथा रियल टाइममा व्यक्ति–देखि–व्यक्ति (पीटूपी) रकम स्थानान्तरण गर्न सकिनेछ। बैंकले यो सेवाले दुई छिमेकी मुलुकबीचको डिजिटल भुक्तानी तथा वित्तीय पहुँचलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

    यो सेवा प्रयोग गरी भारतमा अध्ययन, रोजगारी वा बसोबास गरिरहेका नेपाली नागरिकहरूले त्यहाँ उपलब्ध यूपीआई (UPI) सँग आबद्ध डिजिटल भुक्तानी एपमार्फत नेपालस्थित आफ्ना परिवार वा अन्य लाभग्राहीको बैंक खातामा सहज रूपमा रकम पठाउन सक्नेछन्। पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

    त्यसैगरी, नेपालमा बसोबास गर्ने वा कार्यरत भारतीय नागरिकहरूले पनि एमबीएल एम–स्मार्ट एपमा रहेको क्रस–बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा सहज रूपमा रकम पठाउन सक्नेछन्।

    बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डलाई प्राथमिकतामा राखिएको जनाएको छ। यस सेवाले नेपाल–भारतबीचको डिजिटल भुक्तानी र रेमिट्यान्स प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकलाई आधुनिक, सुरक्षित तथा सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकको छ।

    माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहक–केन्द्रित वित्तीय सेवाहरूलाई विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीन सेवा तथा सुविधाहरू थप गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ