• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रिय सभाबाट प्रतिनिधिसभाले पठाएका चार विधेयक स्वीकृत

    297
    SHARES



    काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चारवटा विधेयकमाथि विचार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

    शनिबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको हो।

    त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव पनि राष्ट्रिय सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

    बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती चारै विधेयकमाथि प्रारम्भिक छलफलका लागि अनुमति प्रदान गरिएको हो। राष्ट्रिय सभाको अर्को बैठक असार २२ गते बस्ने तय गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ