• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रम बालेनकाे निर्देशन

    396
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका छन् ।

    उनले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरुलाई सोमबार निर्देशन दिएका हुन् ।

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरीका विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुसँग साढे तीन घण्टासम्म समसामियक विषयमा छलफल गरेका थिए ।

    छलफलमा उपकुलतिहरुले जेनजी आन्दोलन, चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए ।

    छलफलमा उपकुलपतिहरुले जग्गा प्राप्ती, जनशक्ति र स्रोतसाधनको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री शाहले यी सबै समस्या समाधान हुने गरी सरकारले काम सुरु गरिसकेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ