• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    रास्वपा संसदीय दलको नेता बने बालेन, शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै

    302
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।

    बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। शाह दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

    यसैक्रममा, शाहले शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। निर्धारित समयअनुसार उनले शुक्रबार दिउँसो १२ः३४ बजे शपथ लिनेछन् भने सोही दिन दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नेछन्।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनियुक्त संसदीय दलका नेता शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। बैठक समापनका क्रममा उनले भने, “संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ