काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की भृकुटीमण्डप पुगेकी छन्।
राप्रपाले पृथ्वीजयन्तीको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रम आयोजना गरेको हो। चियापान कार्यक्रमअघि राप्रपाका नेता–कार्यकर्ताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए।
प्रधानमन्त्री कार्की चियापान कार्यक्रममा केहीबेर अघि सहभागी भएकी हुन्।
आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्तीका रूपमा मनाइने गरिन्छ।
चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत नेता–कार्यकर्ता तथा राजावादी समूहको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा अध्यक्ष लिङ्देनसहितका नेता–कार्यकर्ताले रक्तदान पनि गरेका छन्।
प्रतिक्रिया