• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    बैक-विमा विजनेश

    गरिबी निवारण र सशक्तीकरणमा जोड, नबिल बैंकको ‘नबिल एसएसई’ फेलोसिपका लागि नयाँ समूहमा आवेदन खुला

    1.3K
    SHARES



    काठमाडौं । सामाजिक उद्यमशीलतामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नबिल बैंक लिमिटेडले सञ्चालन गर्दै आएको ‘नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (Nabil SSE)’ अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सका लागि नयाँ समूहमा आवेदन खुला गरेको छ। इच्छुक १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूले आउँदो कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार ज्ञवालीका अनुसार, यस वर्षको कार्यक्रम विशेषगरी गरिब, विपन्न तथा पछाडि पारिएका समुदायहरूलाई लक्षित गरिएको छ। उनका अनुसार, “सामाजिक उद्यमशीलता देशको विकास, गरिबी निवारण र सशक्तीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम हो,” र नबिल बैंकले यसै उद्देश्यका लागि यो कार्यक्रम निरन्तरता दिँदै आएको हो।

    छैटौं ब्याचका लागि फेलोसिप कोर्स खुला

    नबिल एसएसईको फेलोसिप कार्यक्रम अहिले छैटौं ब्याचका लागि खुला गरिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कूल अफ म्यानेजमेन्ट (SOMTU) सँग सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम ६ महिनाको अवधिको हुन्छ, जसमा स्टार्टअप र नवीन सामाजिक उद्यम आइडिया भएका व्यक्तिहरू लक्षित छन्।

    सहभागीहरूले यसअन्तर्गत विश्वस्तरीय तालिम, मेन्टरसिप, नेटवर्क विस्तार र वित्तीय पहुँचजस्ता अवसरहरू पाउनेछन्। हालसम्म ७६ जना सहभागी यस फेलोसिपबाट स्नातक भइसकेका छन् भने ६२ वटा सामाजिक उद्यम सफलतापूर्वक सञ्चालनमा छन्।

    कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आफ्नो पहिचान गरेको सामाजिक समस्याको समाधानका लागि तयार गरेको विचार प्रस्तुत गर्नुपर्नेछ। फेलोसिपका अन्त्यमा उनीहरू आफ्नो उद्यमलाई लगानीयोग्य (Investment-Ready) अवस्थामा पुर्‍याएर बजारमा उत्पादन वा सेवा लिएर जान सक्ने बनाइन्छ।

    सातवटै प्रदेशमा सर्टिफिकेट कोर्स सञ्चालन

    फेलोसिपसँगै नबिल एसएसईअन्तर्गत सञ्चालनमा रहेको तीन महिनाको सर्टिफिकेट कोर्स पनि हाल सातै प्रदेशमा विस्तार गरिएको छ। कार्यक्रम हाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (कोशी), वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक स्कुल (मधेस), क्याम्पियन कलेज (बाग्मती), क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति क्याम्पस, कोहलपुर मोडल कलेज (लुम्बिनी), सुर्खेत मोडल कलेज (कर्णाली) र सुदूरपश्चिमाञ्चल एकेडेमी (सुदूरपश्चिम) मा सञ्चालनमा छ।

    हालसम्म १,०६९ जनाले यो कोर्सबाट प्रत्यक्ष लाभ लिइसकेका छन्। सहभागीहरूले सामाजिक उद्यमी बन्न आवश्यक व्यावहारिक ज्ञान, नेटवर्किङ, जोखिम वहन क्षमता र नवप्रवर्तनशील सोच सिक्ने अवसर पाउँछन्।

    प्रदेशअनुसार फरक प्राथमिकता

    नबिल बैंकले सर्टिफिकेट कोर्सलाई यस वर्षदेखि प्रदेशको आवश्यकता र सम्भावनाअनुसार फरक प्राथमिकतामा सञ्चालन गरिरहेको छ।

    कोशी प्रदेशमा: हाइ भ्यालु क्रप्स (High-Value Crops)

    मधेसमा: एग्रो भ्यालु चेन

    बाग्मतीमा: डिजिटल नवप्रवर्तन र हरित उद्यम

    गण्डकीमा: सामुदायिक होमस्टे र पर्यटन

    लुम्बिनीमा: धार्मिक पर्यटन र संस्कृतिसँग सम्बन्धित उद्यम

    कर्णालीमा: मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम

    सुदूरपश्चिममा: ग्रामीण पर्यटन र पशुपालन

    यसले देशभरका युवाहरूलाई आफ्नो भौगोलिक र सांस्कृतिक सन्दर्भअनुसार सामाजिक व्यवसाय सिर्जना गर्न प्रेरित गरिरहेको बैंकले जनाएको छ।

    १७ हजारभन्दा बढी रोजगारी सिर्जना

    नबिल बैंकले नबिल एसएसईलाई आफ्नो दीगो विकास रणनीतिको अभिन्न हिस्सा मानेको छ। बैंकका अनुसार, हालसम्म यो कार्यक्रममार्फत १७ हजारभन्दा बढी रोजगारी सिर्जना हुने बताइएको छ।

    साथै, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन र उद्यमशीलता विकास लगायतका क्षेत्रमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ