• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    बैक-विमा विजनेश

    तीन महिनामा नबिल बैंकको नाफा १ अर्ब ७५ करोड

    376
    SHARES



    काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ७५ करोड नाफा कमाएको छ । बैंकको प्रकाशित गरेको आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सो बराबरको नाफा कमाएको हो ।

    बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड नाफा कमाएको थियो। बैंकको नाफा घट्नुमा ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ९० करोड मात्रै आम्दानी गर्न सफल भएको हो ।

    त्यस्तै अघिल्लो वर्ष ४७ करोड ७७ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज गरेको बैंकले यो वर्ष ६४ करोड ७२ लाख रुपैयाँ बराबर रकम छुट्याएको छ । नाफा घटेसँगै बैंकका् बैंकको यस्तो आम्दानी पनि घटेको छ । यस्तो आम्दानी २५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

    असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.२४ प्रतिशत, सीडी अनुपात ७८.१४ प्रतिशत, कस्ट अफ फण्ड ४.३१ प्रतिशत र बेसरेट ५.५८ प्रतिशत रहेको छ ।

    हाल २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग जगेडा कोषमा ३८ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्म ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ