काठमाडौं। भारतमा जारी ट्राई–नेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले घरेलु टोली भारतलाई पराजित गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतमाथि २–१ गोल अन्तरको जित हात पारेको हो।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ नायक बनिन्। उनले खेलको दोस्रो र ६३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काए पनि बराबरीमा फर्किन सकेन।
यो जितसँगै नेपालको महिला फुटबल टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास थप गरेको छ।
प्रतिक्रिया