• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई

    241
    SHARES



    हेग । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। उनले उक्त भेटमा इजरायल र इरानबीच युद्धविराम सुनिश्चित गराएकोमा ट्रम्पको प्रशंसा गरेका छन्।

    ‘अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासमा इजरायल र इरानबीच भएको युद्धविरामलाई स्वागत गर्दै राष्ट्रपति एर्दोआनले यो युद्धविराम दीर्घकालीन होस् भन्ने आशा व्यक्त गरे’, टर्की सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    एर्दोआनले गाजामा जारी संकट अन्त्यको पहल गर्न पनि भनेका छन्। ‘राष्ट्रपति एर्दोआनले गाजामा जारी मानवीय संकट अन्त्य गर्न तथा रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान खोज्न नजिकको संवाद आवश्यक रहेकोमा जोड दिए’, वक्तव्यमा भनिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ