• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ६१ किलो सुन तस्करी प्रकरण: रिहा लगत्तै अमला रोका फेरि पक्राउ

    3.1K
    SHARES



    काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिए ।

    ‘सम्पत्ति शुद्धिकरणबाट पनि हामीलाई पत्र थियो । सोही पत्रको आधारमा नियन्त्रणमा लिएर हामीले पठाएका छौं,’ खड्काले भने ।

    सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।

    उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ