• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल- परराष्ट्रमन्त्री राणा

    551
    SHARES



    काठमाडौं । ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार समापन सत्रमा परराष्ट्र मन्त्री डा.आरजु राणाले उक्त घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कट विरुद्ध एकजुट भई कदम चाल्न आह्वान गरिन् ।

    परराष्ट्रमन्त्री  राणाले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रदेखि सागरको सतहभन्दा तल पर्ने टापु राष्ट्रहरूमा देखिएको संकटबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन्। साथै संवादले जलवायु परिवर्तनको विषयलाई विश्वव्यापी सरोकार बनाउने प्रयासमा सार्थक भूमिका खेलेको बताइन्।

    ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रसम्मका नेता, नीति निर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तर्राष्ट्रिय संस्था र समुदायहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ,’ मन्त्री डा. राणाले भनिन्, ‘यसले जलवायु परिवर्तनसम्बन्धी चुनौतीहरूबारे वास्तविक संवाद र साझा समाधानको बाटो खोलेको छ।’

    उनले सगरमाथा संवादलाई केवल औपचारिक कार्यक्रम नभइ विचारको संगम र साझा जिम्मेवारीको उत्सवको रूपमा व्याख्या गर्दै भनिन्, ‘सगरमाथाले हाम्रो दृढता र प्रतिवद्धताको सम्झना गराउँछ, जस्तै संवादको नतिजाले पनि हामीलाई हाम्रो संकल्प र कार्यान्वयनतर्फ अगाडि बढ्न प्रेरित गरोस्।’

    संवादमा उठाइएका विषयवस्तु तथा सुझावहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने जानकारी दिँदै डा. राणाले ताजकिस्तानमा यसै महिनाको अन्त्यमा हुने उच्चस्तरीय हिमनदी संरक्षण सम्मेलन, संयुक्त राष्ट्रसंघको ८०औं महासभा र ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी कोप–३० सम्मेलनमा समेत यसबारे नेपालले आवाज उठाउने बताइन्।

    परराष्ट्र मन्त्रालयद्वारा आयोजित यो संवाद सन् २०१९ मा पहिलोपटक आयोजना गरिएको थियो। सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा आयोजना गरिने परराष्ट्रमन्त्रीले जानकारी दिइन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ