काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ।
राष्ट्रका शासकीय जिम्मेवारी लिएका व्यक्तिहरूको आचरण र सम्पत्तिसम्बन्धी सार्वजनिक शङ्काले जनताबीच निराशा, आक्रोश र अविश्वास फैलिएको छ। सोही कारणले देशको सुशासन र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर चुनौती उत्पन्न भएको पार्टी महासचिव कञ्चनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्रमा भनिएको छ, “शासनको जीविका गरिआएका नवउदारवादी अर्थ नीतिको कारण देश चर्किएको पूँजीवादको भूमण्डलीकरण र राजनीतिक पूँजीको सञ्चयको माध्यम बनेको छ। यसले कुशासन, भ्रष्टाचार, बेरोजगारी, गरिबी लगायत समस्याहरूलाई अझ गहिरो बनाएको छ।”
पार्टीले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय नागरिक छानबिन समिति गठनको माग गरेको छ। जनतासँगको विश्वास, पारदर्शिता र सुशासनका लागि यो अनिवार्य कदम भएको ज्ञापनपत्रमा उल्लेख छ।
महासचिव कञ्चनले पार्टीको तर्फबाट प्रतिनिधि सभामा बुझाइएको सो ज्ञापनपत्रमार्फत विगतदेखि उठाउँदै आइरहेको भ्रष्टाचारविरुद्धको आवाजलाई औपचारिकता दिएको बताएका छन् । “जनताको सम्पूर्ण आक्रोशको धारणा स्पष्ट रूपमा यही भ्रष्ट राजनीतिक प्रवृत्तिमा केन्द्रित छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले राष्ट्रका शीर्ष तहका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न ढिलाइ नगर्न र छानबिन समिति गठनमा आवश्यक राजनीतिक इच्छाशक्ति देखाउन आग्रह गरेको छ।
‘राष्ट्रपति जनताको भरपर्दो सम्पर्क र विश्वासको नै कुनै पनि देशको समृद्धि र सुशासनको आधार र जनतासँगको वास्तविक अभिव्यक्ति हो। तर सत्ताको बागडोर सम्हाल्ने व्यक्तिहरूबाट हुने भ्रष्टाचार त्यो झनै गम्भीर र निन्दनीय ठहर्छ भन्ने स्पष्ट छ। अझ: कुनै पनि सफल राजनीतिक र जनतासँगको शासन पूणर्ता कुनैको अस्तित्व र भविष्यप्रति जनताले विश्वास तुलनात्मक उसको अहम भूमिका र नैतिक चरित्र हो। हरेक ऐतिहासिक प्रक्रियामा यो एक समय तर, ठोस कार्य पनि हो। त्यसैले, उत्पादक शक्तिको निर्माण विकासको एउटै निश्चित अवस्था पुग्ने पुरानो उत्पादन सम्बन्ध भत्काएगै अगाडि बढ्न र नयाँ समाज व्यवस्थाको अवस्थाबाटै कुशासनको रुपमा प्रकट हुने समस्या चरित्रलाई शासकहरूको जनमुखी बनाउने पूणर्ता त्यसकारणको राजनीतिक दायित्वसँग पूणर्ता विषय हो। जनताको सत्ता जब जनताका र देशवासीकाको उत्तरदायित्वबाट च्यूत हुन पुग्दछ तब नयाँ समाजको जन्म एउटै अपरिहार्य शर्त बन्न जान्छ। त्यसैले जनतामाथिको शासकीय दायित्वलाई गम्भीर आत्मसात् गर्दै विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन सम्बन्धमा उच्च स्तरको नागरिक छानबिन समिति गठनको यथाशीघ्र पहल गरियोस् भन्ने माग पेश गरिन्छ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया