काठमाडौं । इजरायली सेनाको पछिल्लो आक्रमणमा परी थप ७ जना प्याल्स्टाइनीहरूको मृत्यु भएको छ । शुक्रबार राति विभिन्न ठाउँमा आक्रमण गर्दा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अलजजिराका अनुसार गाजा सिटीको जेतुन क्षेत्रमा इजरायली सेनाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । समुद्री किनारमा थप एक जना माछा मार्ने व्यक्तिको पनि हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । इजरायली सेनाले दक्षिणी राफाह क्षेत्रमा ट्यांक र गनबोटबाट गोली प्रहार गरेको थियो ।
यस्तै, इजरायली सेनाले वेस्ट बेंकका विभिन्न ठाउँमा छापा मारेर १८ र २१ वर्षका दुई प्यालेस्टिनीहरूको हत्या गरेको छ । नाब्लसको दक्षिणमा रहेको बीटा सहरमा १८ वर्षीय एक युवक र पूर्वमा रहेको सालिम सहरमा २१ वर्षीय युवकको हत्या भएको हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले टुलकरेमको नूर शम्स शरणार्थी शिविरमा पनि गोली प्रहार गरेको छ । हेब्रोनको विभिन्न स्थानहरूमा आक्रमण गरेको छ । यी घटनाहरूले त्यहाँको स्थिति थप तनावपूर्ण बनेको छ ।
प्रतिक्रिया