• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन् : कञ्चन

    2.1K
    SHARES



    सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्।

    मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्थामा नरहेको बताए ।

    ‘त्यसरी चुनाव जितेको‌ नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,’ उनले भने, ‘त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश व्यापारीको हातमा छ।’

    त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उनको तर्क छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप लगाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ