काठमाडौँ । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।
लोहनीका अनुसार महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र ५ गतेदेखि टियुमा सञ्चालन भएको थियो ।
महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्ताबेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मत पास भएको लोहनीले बताए । साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो ।
प्रतिक्रिया