• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदै, उद्घाटनमा जनकपुर र विराटनगरको भिडन्त

    688
    SHARES



    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा नेपालका घरेलुसहित राष्ट्रिय टोलीका खेलाडीहरू तथा ४० विदेशी खेलाडीले एनपीएललाई प्रतिस्पर्धात्मक पनि बनाउने अपेक्षा गरिएको छ ।

    यसले नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो बनाउनुका साथै खेलाडीको क्षमता तिखार्दै प्रतिभावानलाई अगाडि ल्याउने विश्वास गरिएको छ ।

    उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन् । स्थानीय तह उपनिर्वाचनका कारण ८ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा आइतबार कुनै खेल हुनेछैन । राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

    एनपीएल खेल्न आउने सबैभन्दा ठूलो नाममध्येका शिखर धवन शुक्रबार साँझ काठमाडौं ओर्लिएका छन् । उनले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सबाट खेल्नेछन् । त्यस्तै न्युजिल्यान्डका जिम्मी निसम, मार्टिन गप्टिलले एनपीएलमा विभिन्न टोलीबाट खेलिरहेका छन् ।

    लुम्बिनी लायन्सको नेतृत्व गरिरहेका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आईपीएलले भारतलाई सहयोग गरे जसरी नै एनपीएलले नेपाल क्रिकेटलाई सहयोग गर्ने बिश्वास व्यक्त गरे ।

    काठमान्डु गाेर्खाजका कप्तान करण केसीले स्टार स्पोर्ट्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने हुनाले नेपाली खेलाडीलाई विदेशी लिगका लागि ढोका खोलिदिने विश्वास व्यक्त गरे ।

    पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाएका अनिल साहले जनकपुर बोल्ट्सको कप्तानी गर्नेछन् ।

    एनपीएलमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ।

    प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ