• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको मूल्यमा लगातार छैठौं दिन पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

1.7K
SHARES



काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत आइतबारदेखि सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ