• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एन्फा महिला लिग फुटबल- नेपाल पुलिस क्लब विजयी

1.8K
SHARES



काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि निर्मला उपाध्यायले ४३ औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन् ।

जितसँगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका र दोश्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिमबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ