काठमाडौं। नेपालका भरतसिंह महत पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ को खेलमा पराजित भएका छन् । पेरिसस्थित ग्रान्ड पेलेसमा बिहीबार भएको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत पहिलो चरणमा जापानका मित्सुया तानाकासँग पराजित भएका हुन् ।
भरत तानाकासँग १९-३ अंकले पराजित भएसँगै उनी प्रतियोगिताबाट बाहिरिएका छन् । भरत वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक छनोट भएका हुन् ।
प्रतिक्रिया