• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

3K
SHARES



काठमाडौं । नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् ।

समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २-१ ले पराजित गर्दा रेखाले गोल गरेकी हुन् ।

एक गोलको अग्रता भइरहेको बेला रेखाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै अबुधाबीको अग्रता दोब्बर पारेकी थिइन् । त्यसअघि युगेनिया टेट्टेहले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ