• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूहविजेता

2.7K
SHARES



काठमाडौं। घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेकाे हाे ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई २–० ले पराजित गर्‍यो । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए। लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोड्दै समूह विजेता बन्यो ।

तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्यो। श्रीलंका भने अंकविहीन रह्यो। नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ। समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ