• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

साफ यू–२० फुटबल च्याम्पियनसिप : श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइलनमा

2.9K
SHARES



काठमाण्डाै। श्रीलङ्कालाई हराउँदै नेपाल साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइलनमा प्रवेस गरेकाे छ ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे हाे ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गाेलले हराएकाे छ । याे जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेकाे छ । श्रीलङ्का लगातार दुई खेल हार्दै समूह प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

समूह ‘ए’ काे अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलाे खेलमा श्रीलङ्कालाई १–० गाेलले हराएकाे थियाे ।

प्रतियाेगितामा भाेलि समूह ‘बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ