• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    ओली पोपले इंग्ल्यान्डको कप्तानी गर्ने

    1.7K
    SHARES



    काठमाडौं । इंग्ल्यान्ड युवा ब्याटर ओली पोपले घरेलु मैदानमा श्रीलंकाविरुद्ध तीन टेस्ट खेलको सिरिजमा कप्तानी गर्ने भएका छन् । बेन स्टोक्स शनिबार द हन्ड्रेड खेल्नेक्रममा घाइते भएपछि उप–कप्तान ओलीले नेतृत्व पाएका हुन् ।

    म्यानचेस्टर ओर्जिनल्सविरुद्ध ओल्ड ट्राफर्डमा नर्थन सुपरचार्जसबाट खेल्नेक्रममा स्टोक्सको बायाँ खुट्टा ह्यामस्ट्रिङमा चोट लागेको थियो ।

    उनी अक्टोबरमा पाकिस्तान भ्रमणमा हुने तीन टेस्ट सिरिजसम्म फर्किने आशा गरेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । इंग्ल्यान्ड र श्रीलंकाबीच तीन टेस्ट सिरिजको पहिलो खेल २१ अगष्टदेखि म्यानचेस्टरमा सुरु हुनेछ ।

    स्टोक्स चोटबाट रिकभरी हुन गतवर्ष इन्डियन प्रिमियर लिग र अघिल्लो महिना टी–२० विश्वकपबाट नाम फिर्ता लिएका थिए । ओपनर ज्याक क्रली औंला भाचिदा श्रीलंका सिरिजबाट यस अघि नै बाहिरी सकेका छन् । उनको स्थानमा ड्यान लरेन्स खेल्ने छन् ।

    २६ वर्षीय ओली पोपले इंग्ल्यान्डबाट टेस्टमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ओली पोपले ४६ टेस्ट खेलमा ६ शतक र १३ अर्धशतकसहित कुहल २६९० रन बनाएका छन् । सन् २०२३ जुनमा आयरल्यान्डविरुद्ध २०५ रनको दोहोरो शतकीय इनिङ उनको करिअरको उत्कृष्ट प्रदर्शन हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ