• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिकमा चिनियाँ पौडीबाजले जितिन् सबैभन्दा धेरै ६ वटा पदक

2.7K
SHARES



काठमाण्डाै। हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् । पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी हुन् ।

यस्तै फ्रान्सका पौडी खेलाडी लियोन मर्चन्डले चार स्वर्ण र एक कास्य गरी पाँच वटा पदक जित्दै दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा रहेकी अमेरिकाकी पौडी खेलाडी टोरी हस्कले ३ स्वर्ण र दुई रजत गरी ५् वटा पदक जितेकी छिन् ।

देशतर्फ भने सबैभन्दा धेरै पदक जित्नेमा अमेरिका रहेको छ । अमेरिकाले ४०, स्वर्ण, ४४ रजत र ४२ कास्य गरी एक सय २६ वटा पदक जितेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी ९१ वटा पदक जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य गरी ४५ वटा पदक जितेको छ ।

गएको जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भव्यताका साथ स्टेड डे फ्रान्समा गएराति भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ