• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    इजरायले युवालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

    716
    SHARES



    काठमाडाैँ । इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म १ दशमलव ८ प्रतिशत जनसङ्ख्या मारिएका प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।

    मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ । इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

    यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ ।

    गाजाविरुद्धको इजरायल युद्धमा कम्तीमा ३९ हजार ७ सय ९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया