काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत भएको सुटिङको महिला १० मिटर एयर राइफलमा दक्षिण कोरियाकी १६ वर्षीय हान ह्युजनले स्वर्ण पदक जितेकी छन् ।
नाटकीय खेलको अन्तिम दुई सट बाँकी रहँदा चिनिया हुवाङ इटिङलाई धेरै पछि छाडेकी हनले अन्तिम दुई सट खराब प्रहार गरे पछि खेल सट आउटमा गएको थियो ।
सट आउटमा युटिङलाई हानले शून्य दशमलव १ अङ्कले पछि पारिन् । सो स्पर्धामा स्विट्जलरल्यान्डकी आन्द्रे गोगनाइटले कांस्य पदक जितेकी छिन् । सो स्वर्णले दक्षिण कोरियालाई तालिकाको शीर्ष स्थानमा लगेको छ । जापान र दक्षिण कोरिया दुवैले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन् ।
प्रतिक्रिया