काठमाडाैं । गत असार २८ गते शुक्रबार त्रिशुली नदीमा खसेका दुईवटा बस खाेज्न प्रयाेग गरिएकाे चुम्बक हराएकाे छ । शनिबार १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी गर्ने क्रममा चुम्बक नै हराएकाे हाे ।
चुम्बक हरासंगै चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य आजलाई रोकिएको छ ।
शनिबार मध्याह्नदेखि खोजी कार्य सुरू गर्दा भारतबाट १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । तर खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको स्रोतले बताएकाे छ ।
चुम्बकसँगै पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरि लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको छ ।
प्रतिक्रिया