काठमाण्डाै। महिला एशिया कप टी-२० क्रिकेटमा बङ्गलादेशले लगातार दोस्रो जीत हात पारेको छ । बुधबार श्रीलङ्काको दम्बुलामा भएको खेलमा बङ्गलादेशले मलेसियालाई एक सय १४ रनले हराएकाे हाे ।
बङ्गलादेशले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । मलेसियाकी इल्सा हन्टरले सबैभन्दा धेरै २० रन बनाइन् । बङ्गलादेशकी नाहिदा अक्तेरले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रन बनायो । बङ्गलादेशकी मुर्शिदा खातुनले ८०, कप्तान निगर सुल्तानाले नट आउट ६२ रन बनाइन् । मलेसियाकी माहिराह इजजाती इस्मेल र इल्सा हन्टरले समान १ विकेट लिइन् ।
यो जीतसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया तीन वटै खेल हारेर तालिकाको पुछारमा छ ।
प्रतिक्रिया