काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा साेमबार राति करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।
उनीहरुले बँदेल मार्नका लागि भन्दैं तार विद्युतीय धराप थापेको र सोही धरापमा गैंडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरिसकेकाे छैन ।
घटनास्थल नजिकै घन, तार र किला(काँटी) भेटिएको छ । सुकेको मकैंबारीमा चर्दै आएको अन्दाजी २० बर्षको पोथी गैंडा विद्युतीय धरापमा परेको थियो ।
प्रतिक्रिया