काठमाडौं। बझाङबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बसमाथि पहिराे खस्दा ठुलाे दुर्घटनाबाट बचेकाे छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छविस पाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परे पनि यात्रु भने सकुशल रहेका छन् ।
सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन सकेन । पहिरोले बसको पछिल्लो भागलाई भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।
वर्षा याममा देशका अधिकांश सडकमा पहिराेकाे जाेखिम उच्च रहेको छ ।
प्रतिक्रिया