काठमाण्डाै। २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप खेल्न जाने टोलीको बिदाइ गरिएकाे छ । साेमबार नेपाल भलिबल सङ्घले एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका छन् ।
यही हप्तादेखि माल्दिभ्समा हुने प्रतियोगिताका लागि नेपाली युवा टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुदैंछ ।
प्रतिक्रिया