काठमाडाैं। अन्तर्रास्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को १ सय औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
फिडे १ सय गिनिश वर्ल्ड रेकर्डको प्रयासका लागि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
स्थापना दिवसको उपलक्ष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता साउन ५ गते शनिवार लुभुस्थित महालक्ष्मी बैंक्वेटमा हुने भएकाे छ ।
आयाेजकाका अनुसार देशव्यपी रुपमा हुन लागेको सो प्रतियोगितामा सय जना राष्ट्रिय तथा अन्तर्रांस्ट्रियस्तरको खेलाडीहरुको सहभागिता रहने छ ।
विभिन्न समूहका १८ जना विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफीको साथै प्रमाणपत्र पनि वितरण गर्ने प्रतियोगिताका टुर्नामेन्ट डाईरेक्टर नेसनल आर्बिटर हरिकृष्ण श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया