• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

कोपामा खराब प्रदर्शनपछि अमेरिकाका मुख्य प्रशिक्षक बर्खास्त

2.8K
SHARES



काठमाडाैं। कोपा अमेरिका समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ । पानामा र उरुग्वेसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो ।

‘हामी पुरुष राष्ट्रिय टोली र अमेरिकी फुटबल प्रतिको पाँच वर्षको प्रतिबद्धताका लागि ग्रेगप्रति आभारी छौँ,’ अमेरिकी फुटबल महासंघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘ग्रेगले हाम्रो संगठनभित्र सबैको सम्मान कमाएका छन् र एक युवा टोलीलाई एकजुट बनाउन र कार्यक्रमलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’

उनको स्थानमा लिभरपुलका पूर्वप्रबन्धक योर्गेन क्लपलाई भित्र्याउने चर्चा छ । क्रोकरले नयाँ प्रबन्धको ‘खोज प्रक्रिया’ सुरु भएको बताए । अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर २०२६ को विश्वकप आयोजना गर्दैछ ।

५० वर्षीय ग्रेगले दुई कार्यकाल अमेरिकाको नेतृत्व गरेका थिए । उनको विगतको आचरणको अनुसन्धान सँगै सन् २०२२ मा पहिलो कार्यकाल समाप्त भएको थियो । उनी यस भूमिकामा चार वर्ष रहेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ