काठमाडाैं। तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । बुधबार बिहान तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा जिरिखिम्तीमा उनिहरूले कालाे झण्डा देखाएका हुन् ।
प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।
नेताहरूकाे यात्रामा अवराेध नगर्ने सहमति गरेकाे थियाे । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुन: कालो झण्डा देखाएका हुन् ।
मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो भनेपहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया