• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट’ मार्फत कामदार पठाएको विवरण, पैसा लिएको भए उजुरी गर्न अनुरोध

    1.2K
    SHARES



    काठमाडौँ । चालु आर्थिक वर्षमा १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण सरकारलाई बुझाएका छन् ।

    चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागलाई बुझाएका हुन् ।

    विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले बताए ।

    मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् ।

    विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण माग गर्दा कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया