• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

    1.6K
    SHARES



    काठमाडाैं । खोटाङको जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको झापा र भोजपुर फाइनलमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए ।

    पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित हुनुभएको छ ।

    झापा आजै भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक-एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया