काठमाडौँ । जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदैछ ।
समूह चरणमा फ्रान्स समूह डी मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै बेल्जियम समूह चरणमा समूह ई मा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो ।
बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया