काठमाडौँ । रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले लोकतन्त्र जनताको आदेशमा गरिने सासन भएकाले नेताहरुले लोकतन्त्रको बारेम नेताले चिन्ता गर्नुनपर्ने बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नेताहरुका भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको भन्दै लोकतन्त्र जनताको हातमा भएकाले चिन्ता गर्न आवश्यक नरहेको बताएका हुन् ।
कार्यक्रममा लामिछानेले प्रश्न गर्दै भने, ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?, आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’
नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने पनि बताएका छन् ।
प्रतिक्रिया