काठमाडौँ । जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजे देखि शुरु हुँदै छ ।
समूह बी मा रहेको स्पेनले समूह चरणका सबै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ । त्यस्तै जर्जियाले समूह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुँदै नक आउट चरणमा पुगेको छ ।
स्पेनले समूह चरणको पहिलो खेलमा क्रोसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो ।
त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले हराएकाे थियो ।
प्रतिक्रिया