• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

महिला क्रिकेटमा भारतका स्मृति र शफालीकाे विश्व कीर्तिमानी साझेदारी

2K
SHARES



काठमाडौँ । भारतको चेन्नईमा महिला टेस्ट क्रिकेमा भारतका स्मृति मंधाना र शफाली वर्माको विश्व कीर्तिमानी बनाएका छन् । शुक्रबारदेखि सुरु भएको महिला टेस्ट क्रिकेटको पहिलो दिन भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाएका हुन् ।

भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । त्यसपछि क्रिज समाल्न ओर्लिएका यी दुई ओपनरले दुई सय ९२ रनको साझेदारी गरे ।

यसअघि महिला टेस्ट क्रिकेटमा ओपनिङ विकेटका लागि दुई सय ५० रनभन्दा ठुलो साझेदारी कसैले गर्न सकेको छैन । भारतले ६० ओभरको खेल सकिँदासम्म केवल दुई विकेट गुमाएर तीन सय ३४ रन बनाइसकेको छ ।

भारतीय टोलीकी ओपनर शफाली वर्मा एक सय ६५ रन बनाउँदै क्रिजमा छिन् । उनले एक सय ७० बलको सामना गरी ६ छक्का र २० चौका प्रहार गरिसकेकी छन् । स्मृति मंधाना भने एक सय ४९ रन बनाउँदै आउट भएकी थिइन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ