• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘मुकुल जी तपाईंहरु दुर्घटनामा नपर्नुहोस्’

    1K
    SHARES



    काठमाडौँ । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाललाई दुर्घटनामा नपर्न सुझाव दिएकी छन् ।

    रञ्जुले बिहीबार सामाजिक सञ्जालमा रास्वपा महामन्त्री ढकालले ३८ जिल्ला पुगेर बनाएको प्रतिवेदनलाई उद्धृत गर्दै यस्तो सुझाव दिएकी हुन् ।

    रञ्जु दर्शनाले लेखेकी छन्, ‘मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्किसक्यो ! तपाईंहरु दुर्घटनामा नपर्नुहोस्’, रञ्जुले भनेकी छन्, ‘हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईंहरुले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा सांसद भवन भित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया