• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा, दोस्रोमा सूर्यकुमार

    1.1K
    SHARES



    काठमाडौं। अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।

    आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।

    यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

    त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

    टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौँ स्थानमा रहेका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसीफ सेख ६९औं स्थानमा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ