काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर ‘एट’मा मा समूह १ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग २४ रनले पराजित भएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन मात्रै बनाएर पराजित भएको हो ।
जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली बनेको छ ।
यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्ने भएको छ ।
प्रतिक्रिया